काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेपाल प्रिमियर लिग २०२४ (एनपीएल २०२४) को अफिसियल अम्पायर पार्टनरको रूपमा नेपाल पे नेपालको आफ्नै क्यूआर हुने गरी साझेदारी भएको छ ।
सो साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले आज एक औपचारिक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा सुरु भएको छ । राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस्