Skip to content

आइतबार सेयर बजार : जानकी फाइनान्समा नकारात्मक सर्किट, धेरै घट्ने ५ कम्पनी

काठमाडौं । आइतबार सेयर बजार घटेर बन्द भयो । बजार परिसूचक ९ दशमलव ९९ अंकले घटेको दिन एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

आजको कारोबार बन्द हुँदा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो। आज यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ । यो कम्पनीको सेयर मूल्य १०१ रुपैयाँ ५० पैसाले घटेर ९ सय १३ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज धेरै घट्ने शीर्ष पाँच कम्पनीमा नेपाल फाइनान्स, उपकार लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल) र मानुषी लघुवित्त छन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आजको कारोबार बन्द हुँदा नेपाल फाइनान्सको सेयर मूल्य १ सय ३७ रुपैयाँ २० पैसाले घटेर १ हजार ३६२ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.१५ प्रतिशतले कम हो । त्यस्तै उपकार लघुवित्तको सेयर मूल्य पनि १७८ रुपैयाँ १० पैसाले घटेर ३ हजार १०८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ५.४२ प्रतिशतले कम हो ।

त्यस्तै एलआईसी नेपालको सेयर मूल्य पनि ४.६४ प्रतिशत अर्थात् ६५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ पुगेको छ । त्यस्तै आज मानुषी लघुवित्तको सेयर मूल्यमा ९४ रुपैयाँ ३० पैसाको गिरावट आएको छ । कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य २ हजार १५५ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ४.१९ प्रतिशतले कम हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्