काठमाडौं । पछिल्लो डेढ महिनादेखि चर्चामा रहेको नेपाल प्रिमियम लिग (एनपिएल) को पहिलो संस्करण शनिबारदेखि सुरु भएको छ । आइतबार कीर्तिपुर नगरपालिकामा उप चुनाव भएकाले आज हुने खेल स्थगित भए । तर निकै चर्चाका बिच एनपिएल सुरु भइसकेको छ । हिजोदेखि सुरु भएको यो प्रतियोगिताले अबको तीन साता नेपालमा निकै चर्चा हुने छ । पछिल्लो समय नेपाली खेलकुद प्रेमीहरू बिच निकै लोकप्रिय बनिरहेको क्रिकेटको यो प्रतियोगिताले थप उचाइ लिने विश्वास गरिएको छ ।
कुनै पनि खेलका लागि त्यसको घरेलु प्रतियोगिता हुनु आफैमा निकै महत्त्वपूर्ण हुन्छ । त्यसमाथि पनि निकै तामझाम र चर्चाका बिचको या प्रतियोगिताले खेलाडीको क्षमता देखाउनका लागि उपयुक्त अवसरका रूपमा रहने छ । यो खेलकुदको पाटो भयो तर, प्रतियोगिताले आर्थिक विषयलाई पनि चर्चामा ल्याएको छ । पछिल्लो समयमा आर्थिक मन्दीका कारण समस्या भोगिरहेको नेपालको अर्थतन्त्रलाई एनपिएलमा भएको प्रयोजन सम्झौताले भने आर्थिक शिथिलतालाई नै बिर्साएको छ ।
नेपाल प्रिमियम लिगको पहिलो संस्करणको प्रतियोगिताको पहिलो संस्करणका लागि सिद्धार्थ बैंक मुख्य प्रायोजनका रूपमा रहेको छ । नेपाल क्रिकेट संघ (क्यान) र बैंक बिच ५ वर्षका लागि सम्झौता भएको छ । दुवै पक्षले प्रयोजनको रकम नखुलाए पनि पाँच वर्षका लागि २० करोडको सम्झौता भएको बुझिएको छ । यो अनुसार हरेक वर्ष बैंकले क्यानलाई ४ करोड रुपैयाँ दिनु पर्ने देखिन्छ ।
प्रतियोगितामा सहभागी भएका ८ टिममध्ये ७ वटा टिमले प्रयोजन सम्झौता गरिसकेका छन् । एक टोली अझै पनि उपयुक्त प्रयोजकको खोजीमा रहेको छ । क्लब र मुख्य प्रयोजकका लागि भएको सम्झौताले अहिले नेपालको आर्थिक शिथिलतालाई बिर्साइ दिएको छ । जसले खेलकुदसँगै आर्थिक क्षेत्रलाई पनि चलायमान बनाउन सहयोग पुग्ने विश्वास गर्न थालिएको छ ।
कुनै पनि काम सम्पन्न गर्नका लाग मुख्य रूपमा आवश्यक पर्ने भनेको आर्थिक हो । अहिले टोलीहरूले आफूलाई आवश्यक पर्ने अधिक जोहो गरिरहेका छन् भने । विभिन्न प्रायोजकसँग सम्झौता पनि गरिरहेका छन् ।
अहिलेसम्म सुदूरपश्चिम रोयल्स, कर्णाली एक्स, लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, विराटनगर किङ्स, काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रयोजन सम्झौता गरिसकेका छन् । एनपिएल टोली पोखरा एभेन्जर्सले भने प्रयोजन सम्झौता गर्न सकेका छैनन् ।
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिम रोयल्सको मुख्य प्रयोजकमा ग्लोबल आइएमई बैंक रहेको छ । शुक्रवार मात्रै सुदूरपश्चिम र बैंक बिच प्रयोजन सम्झौता भएको थियो । एनपिएलमा सम्झौता गरेका कुनै पनि टोलीले सम्झौता रकम खुलाएका छैन । तर सम्झौता रकम करोडौँमा भएको अनुमान गरिएको छ । इम्पायर स्पोर्टसको स्वामित्वमा रहेको सुदूरपश्चिम रोयल्सले १ करोड ६८ लाख ८ हजार रुपैयाँको फ्रेन्चाइजी टोली हो । यसका मालिक उद्यमी स्वतन्त्र प्रताप शाह हुन् । टी–२० को अलराउण्डर तर्फ विश्व वरियताको दोस्रो स्थानमा रहेका दीपेन्द्र सिंए ऐरी मार्की खेलाडी रहेको सुदूरको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटा रहेका छन् ।
कर्णाली याक्स
फ्रेन्चाइजी लिलाम बिक्री हुँदा सबै भन्दा कम मूल्यको टोली कर्णालीले विदेशी खेलाडी भित्र्याउनमा गरेको खर्चका कारण निकै चर्चामा रहेको छ । जम्मा १ करोड ११ लाख रुपैयाँको फ्रेन्चाइजी किनेको कर्णालीले जम्मा ४ खेलका खेल्नका लागि भारतीय टोलीका पूर्व ओपनर शिखर धवनलाई भित्र्याएसँगै चर्चा ह्वातै बढ्यो । टिमले प्रत्येक खेल ४० लाख रुपैयाँमा धवनलाइ भित्र्याएको बताइएको छ । ४ खेलका लागि टोलीले धवनलाई १ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ । जबकि क्लबको फ्रेन्चाइजी मूल्य जम्मा १ करोड १० लाख रुपैयाँ हो ।
क्लबहरूले विभिन्न क्षेत्रमा प्रयोजन सम्झौता गरिरहेका छन् । कर्णालीको मुख्य प्रायोजकमा भने महिन्द्रा, अग्नी ग्रुप रहेको छ । सम्झौता रकम भने कर्णालीले पनि खुलाएको छैन । प्रयोजन सम्झौतामा मोटो रकम रहेको अनुमान गरिएको छ ।
झनकदत्त खनाल मुख्य मालिक रहेको टोलीको सह मालिकमा गृहेन्द्र घिमिरे रहेका छन् । हिमालयन बिल्डर्सको स्वामित्वमा रहेको टोलीको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल रहेका छन् भने मार्की तथा कप्तान सोम पालकामी रहेका छन् ।
लुम्बिनी लायन्स
फर्च्युन हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजकका रूपमा एनसेल भित्र्याएको छ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायकमा रूपमा रहेको एनसेलसँग सम्झौता गरेसँगै टोलीले एनसेलको लोगो भएको जर्सी लगाउने छ । १ करोड ८६ लाख रुपैयाँमा फ्रेन्चाइजी अधिकार किनेको लुम्बिनीका मालिक ईश्वर जिसी हुन् । टोलीको मुख्य प्रशिक्षकमा नन्दन फड्निस छन् । उनी नेपाली राष्ट्रिय क्रिकेट टोलीका कन्सलट्यान्ट प्रशिक्षक हुन् । त्यस्तै मार्की खेलाडीका रूपमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल रहेका छन् ।
जनकपुर बोल्ट्स
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सलाई डिएनए इन्टरनेशनलले मुख्य प्रयोजन गरेको छ । उत्सव सिग्देलले यो क्बल २ करोड ५ लाख रुपैयाँमा किनेका हुन् । जसको प्रशिक्षकको भूमिकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन् । आसिफ शेख मार्की खेलाडीका रूपमा रहेका छन् । हिजो भएको पहिलो खेलमा यो टोलीले जित निकाली सकेको छ । जसको कम्पतामा अनील कुमार साह रहेका छन् ।
विराटनगर किंग्स
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने मार्की खेलाडी रहेको विराटनगर किंग्सको मुख्य प्रायोजकका रूपमा एभरेष्ट बैंक रहेको छ । यो टोलीले पनि सम्झौता रकम खुलाएको छैन । विराटनगर किंग्सको स्वामित्व एमएडी स्पोर्टससँग रहेको छ । १ करोड ५१ लाख रुपैयाँमा विराटनगरको फ्रेन्चाइजी अधिकार नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी पारस लुनियाले लिएका हुन् । टोलीले आयरल्यान्डका पूर्व खेलाडी केभिन ओ’ब्रायनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
काठमान्डौं गुर्खाज
काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको स्वामित्वमा रहेको टोली हो काठमाडौं गुर्खाजले मुख्य प्रशिक्षक रूपमा बिवाडी मोटर रहेको छ । कान्तिपुर मिडिया ग्रुप, नेपाल मेडिसिटी ग्रुप र याक एन्ड यति ग्रुपको साझेदारीमा बनेको संस्था हो काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स । टोलीले ३ करोड ३३ लाख ३३ हजार रुपैयाँमा गुर्खाजको फ्रेन्चाइजी किनेको हो । गुर्खाज एनपिएल पहिलो सिजनको दोस्रो सबैभन्दा महँगो फ्रेन्चाइज टोली हो । गुर्खाजका अध्यक्ष हुन् उपेन्द्र महतो छन् । वसन्त शाही टोलीका मुख्य प्रशिक्षक हुन् । करण केसी मार्की खेलाडी रहेका छन् ।
चितवन राइनोज
चितवन राइनोजको मुख्य प्रायोजकको रूपमा ब्लु स्टार रहेको छ । घरेलु सामाग्री उत्पादक ब्लु स्टारका र चितवन बिच प्रयोजना सम्झौता भएको हो । मेडिकल कलेजले १ करोड ७६ लाख रुपैयाँमा फ्रेन्चाइजी किनेको हो । चितवनका मालिक हुन् आयुष न्यौपाने । टोलीको मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् । पटवालसँग नेपाली राष्ट्रिय पुरुष सिनियर क्रिकेट सम्हालिसकेको अनुभव छ । राष्ट्रिय टोलीका विष्फोटक खेलाडी कुशल मल्ल मार्की खेलाडीका रूपमा रहेका छन् ।
यी ७ वटा टोलीले आफ्नो मुख्य प्रायोजकसँग सम्झौता गरिसक्दा १ वटा टोली पोखराले भने अहिलेसम्म मुख्य प्रायोजक पाउन सकेका छैनन् । जुन सबै भन्दा महंगो फ्रेन्चाइजी टोली हो ।
पोखरा एभेन्जर्स
फ्रेन्चाइजी अधिकार खरिद बिक्रीमा सबै भन्दा महंगो टोली हो पोखरा एभेन्जर्स । नेपाल टी–२० प्रालिको स्वामित्वमा रहेको एभेन्जर्सले हालसम्म मुख्य प्रायोजकको सम्झौता गरेको छैन । ३ करोड ५७ लाखमा फ्रेन्चाइजी अधिकार बिक्री भएको टोलीका मालिक हुन सुबोध त्रिपाठी । टोलीको मार्की खेलाडीमा कुशल भुर्तेल रहेका छन् भने मुख्य प्रशिक्षकमा राजीव कुमार रहेका छन् । उनी आईपीएल टोली चेन्नई सुपर किंग्सका फिल्डिङ प्रशिक्षकसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्