Skip to content

कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी

nabil bank

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उमेदवार राजेन्द्र बानियाँ निर्वाचित भएका छन् । आइतबार भएको उपनिर्वाचनमा उनले ७ सय ४२ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ले ४ सय ९५ मत ल्याइन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नारायण विष्ट २ सय ८७ मत ल्याएर तेस्रो स्थानमा रहेका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार बद्री बुढाथोकीले १ सय ५४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का बिजेस बस्नेतले ८७, अर्का स्वतन्त्र उम्मेदवार मदनप्रसाद दाहालले ५८ मत पाए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime