Skip to content
Prabhu

सिद्धार्थ केवलकारले पुस ४ गतेदेखि हकप्रद जारी गर्ने

काठमाडौं । सिद्धार्थ केवलकार लिमिटेडले पुस ४ गतेदेखि हकप्रद जारी गर्ने भएको छ । कम्पनीले १ः१२५ अनुपात अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ १.१२५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले ६७ लाख ५० हजार कित्ता हकप्रद मंसिर १५ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुका लागि जारी गर्न लागेको हो । यो हकप्रद सेयरमा माघ ७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसका लागि बु्टवलस्थित कम्पनीको कार्यालयमा आवेदन दिनु पर्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्