काठमाडौं। विदेशमा कमाएको रकम आईएमई गर्दा १ करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमईले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमीलालाई टोकियो स्थित नाकानो सिकि नो मोरी पार्कमा शनिबार आयोजित कार्यक्रममा आईएमईले चेक हस्तान्तरण गरेको हो ।
नेपालका लागि जापानका महामहिम राजदूत डा. दुर्गाबहादुर सुबेदी, आईएमई लिमिटेडका तर्फबाट सुशील थापा र क्योदाइ जापानका युचिरो किमोतोले प्रमीलालाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमीलाले आइएमई मार्फत रकम पठाउँदा आफ्नो भाग्य चम्केर प्राप्त भएको रकमबाट नेपालको कैलाली रहेका बाआमालाइ घर बनाइदिने योजना बनाएको बताइन् ।
गत असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमीला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन् ।
आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम(रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।
आइएमईले १ वर्षअघि विदेशमा कमाएको रकम औपचारिक माध्यम(आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए ।
आइएमई गरी आइएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए । आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत पठाउन र रेमिटेन्सलाई उद्यमशीलतामा लगाउन प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक वर्ष आइएमईले विभिन्न क्याम्पेनहरु सञ्चालन गरिरहेको बताए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउनुका साथै डिजिटल माध्यम आइएमई पे मार्फत रकम प्राप्त गर्न सेवाग्राहीलाई प्रेरित गर्न आइएमईले ल्याएको करोडपति क्याम्पेनमा धेरै सेवाग्राहीको सहभागिताले आफूहरू उत्साहित भएको बताए ।
यो वर्ष आइएमईले रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी दिगो अर्थतन्त्रको आधार निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यले ‘आइएमई गरौं, उद्यमी बनौं’ योजना अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्