काठमाडौं । मंगलबारको प्रि ओपन सेसनमा सेयर बजार परिसूचक १४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १४ दशमलव ७० अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७७२ दशमलव ७४ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ०१ अंकले बढेर ४७५ दशमलव ८१ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ६४ कम्पनीका १३ हजार ६४८ कित्ता सेयर १४८ पटक खरिद बिक्री हुँदा ७६ लाख ७६ हजार ७६५ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्