काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भोलि (मङ्सिर १९ गते) देखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल आईपीओमध्ये १० प्रतिशत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरुका लागि जारी गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको छ । जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीले खरिद गर्न पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बिक्री गर्दा बाँकी बसेको खण्डमा बाँकी बसेको आईपीओ समेत जोडी सर्वसाधारणका लागि दोस्रो चरणमा आईपीओ जारी हुनेछ । पहिलो चरणको आईपीओ खरिदका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा घटीमा १० कित्तादेखि बढीमा १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो सेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्