काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएर सर्किट लागेको हो ।
यो कम्पनीको सेयर मुल्य ३३२ रुपैयाँ ५० पैसाले घटेर २ हजार ९९२ रुपैयाँ ७० पैसा पुगेको छ । समग्र बजार बढीरहँदा पनि यो कम्पनीको सेयर मूल्यमा भने भारी गिरावट आएको हो ।
यो अवस्थामा समग्र बजार परिसूचक १४ दशमलव ९७ अंकले बढेर २७७३ दशमलव ०१ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ७४ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्