Skip to content
Prabhu

सेयर बजार हरियाली भएको दिन धेरै बढ्ने ५ कम्पनी, दुइटाको १० प्रतिशतले बढ्यो

nabil

काठमाडौं । मंगलबार सेयर बजार कारोबार बन्द हुँदा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । आजको सेयर बजार बन्द हुँदा १४२ कम्पनीको सेयर मूल्य बढेर बन्द भएको हो ।

तीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिव्यश्वरी हाइड्रोपावर, इङवा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दिव्यश्वरीको सेयर मूल्य २८ रुपैयाँ ४० पैसाले बढेर ३१२ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो ।

त्यस्तै इङवा हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ५९ रुपैयाँ ७० पैसाले बढेर ६५६ रुपैयाँ ७० पैसा पुगेको छ । आज खानीखोला हाइड्रोको सेयर मूल्य पनि आज ३२ रुपैयाँ २० पैसाले बढेर ३५४ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

त्यस्तै आज जोशी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ३७ रुपैयाँ ३० पैसाले बढेर ४१० रुपैयाँ ७० पुगेको छ । आज सुपर मादी हाइड्रोको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ९९ रुपैयाँ ५० पैसाले बढेर १ हजार ९५ रुपैयाँ पुगेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal