Skip to content
Prabhu

१६ जटिबुटीको मिश्रण रहेको तुलसी मालिस तेल बजारमा

nabil

काठमाडौं । तुलसी आयुर्वेद प्रा लिले उत्पादन गरेको तुलसी मालिस तेल बजारमा आएको छ । कम्पनीका सीईओ शिव बसौलाले मंगलबार एक कार्यक्रमकाबीच तुलसी मालीस तेलको साथमा पत्र पोटली, स्वदेन र रोलर सार्वजनिक गरेका हुन् ।

१६ जडिबुटीको मिश्रण रहेको तेलको प्रयोगले बाथरोग, हाडजोर्निको दुखाई कम गर्ने लिगामेन्ट खिएको समस्या निवारण गर्ने जनाइएको छ । साथै शरिर पोल्ने र झमझमाउने समस्या भएकाहरुले समेत यो तेलबाट लाभ लिन सक्ने सिइओ बसौलाले बताए । यस्तै युरिक एसिडको समस्या र सबैखाले शरिरको दुखाईमा यो तेलले मालिस गर्दा राहत पुग्ने उत्पादकको दाबी छ ।

शरिरको प्रभावित भागमा यो तेलले मालिस गर्न उत्पादकले सुझाएका छन् । तुलसी मालीस तेल, तुलसी मालीस रोलर र तुलसी पत्र पोटली को कम्बो बजारमा ल्याएको उत्पादक तुलसी आयुर्वेद प्रालि ले जनाएको छ । यसमा आयुर्वेदीक जडीबुटी जाइफल, ज्वानो, तुलसीको तेल, चमसुर, ल्वाङसिमलीको तेल,सेता ज्वानो, पातीलगायतको समिश्रण रहेकाले बिना साइड इफेक्ट दुखाइबाट राहत मिल्ने जनाइएको छ । विश्वबजारमा नेपाली आयुर्वेदिक उत्पादनको माग बढ्दो छ । तुलसी मालीस तेलले पनि अन्तराष्ट्रिय बजार बिस्तार गर्ने जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal