Skip to content

छिटोभन्दा छिटो बिआरआईमा समझदारी गर्न नेपाल–चीन तयार

nabil bank
बेइजिङ, १८ मङ्सिर ः नेपाल–चीन प्रधानमन्त्रीस्तर भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले मङ्गलबार ग्रेट हल अफ पिपलमा स्वागत गर्नु भएपछि सुरु भएको नेपाल–चीनको प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । नेपाल र चीनका बीचमा ‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ र ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ जतिसक्दो छिटो समझदारी गर्न तयार भएका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उच्चअधिकारीहरूबीच मंगलबार औपचारिक भेटवार्ता सकिएपछि जारी भएको संयुक्त वक्तव्यमा यी दुवै दस्ताबेजमा जतिसक्दो छिटो समझदारी (एमओयु) गर्ने उल्लेख भएको हो ।

‘दुवै पक्षले ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क र ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ को एमओयूमा जतिसक्दो छिटो हस्ताक्षर गर्न तयार रहेको बताए,’ विज्ञप्तिमा उल्लेख छ, ‘दुवै पक्षले नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा रुपान्तरण गर्न बन्दरगाह, सडक, रेलमार्ग, उड्डयन, पावर ग्रिड र दूरसञ्चार जस्ता सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।’

‘ट्रान्स हिमालयन मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ र ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’ दुवै बेल्ट एण्ड रोड इनिसियटिभका अंग हुन् जसमा नेपालले सन २०१७ मा समझदारी गरिसकेको छ । ट्रान्स हिमायलन कनेक्टिभिटी नेटवर्कले सडक, हवाईमार्ग, रेलमार्ग, ट्रान्समिसन लाइन, बन्दरगाह पर्छन् । फ्रेमवर्क फर बिआरआई कोअपरेसनले सबै किसिमका आयोजनालाई समेट्छन् ।

प्रधानमन्त्री ओलीको यसपटकको चीन भ्रमणमा यी दुवैमा समझदारी गरेर परियोजना अघि बढाउने भनिए तापनि नेपालले अनुदानमात्रै काम गर्ने भनेर गरेको प्रस्तावमा चीन सहमत नभएपछि मंगलबार उच्चस्तरीय भेटवार्तामा समझदारी पत्रमा हस्ताक्षर हुन सकेन । मंगलबार सरकारले बिआरआई अन्तर्गत सञ्चालन गर्ने परियोजनाहरू चीनले अनुदानमा बनाइदिनुपर्ने र बिआरआई अन्तर्गत ऋण नलिने नेपालको प्रस्तावमा चीन असहमत भएपछि नेपाल र चीनका अधिकारीहरूबीच भएको अनौपचारिक छलफलमा बीचको बाटो खोज्ने सहमति भएको थियो ।

नेपालले प्रस्ताव गरेको फ्रेमवर्कको मस्यौदाको ‘ग्रान्ट फाइनान्सिङ’ भन्ने शब्द हटाएर चीनले ’फाइनान्सिङ’ मात्रै राखेको थियो । बिआरआई अन्तर्गत ऋण नलिने नेपाली कांग्रेसको अडानकै कारण अनुदानमात्रै लिनेगरी फ्रेमवर्क र परियोजनाहरूको सूची तयार पारेर सरकारले चीनको विदेश मन्त्रालयमा पठाएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime