काठमाडौं । सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३४५ रुपैयाँ ६० पैसाले घटेर ३ हजार ११० रुपैयाँ ४० पैसा पुगेको छ । यो अवधिसम्ममा समग्र बजार परिसूचक पनि दोहोरो अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक ११ दशमलव ५६ अंकले घटेर २७७४ दशमलव २८ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा १ अर्ब १८ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्