काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतमलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकले गौतमलाई सीईओमा नियुक्त गरेको हो ।
वित्तीत तथा बीमा क्षेत्रका अनुभवी र उत्कृष्ट निर्णय लिन सक्ने क्षमता भएका व्यक्ति हुन् कमल गौतम । उनको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ ।
हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका अनुभवि व्यक्ति हुन् । उनी कम्पनीका कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै समुहमा उत्कृष्ट नतिजा दिन सक्ने क्षमता भएका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्