काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
जसमध्ये ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ । बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्