Skip to content
Prabhu

विद्युत् प्राधिकरण र सरकारबीच द्वन्द्वः मन्त्री आजदेखि प्राधिकरणमा

nabil

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सरकारबीच द्वन्द्व बढिरहेका बेलामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का आजदेखि प्राधिकरणमा आफ्नो कार्यकक्ष बनाएर बस्न गएका छन् ।

आज बुधबार प्राधिकरणको कार्यकक्षमा मन्त्री आउने भने पछि आज राति नै कोठा बनाउने र कार्पेटिङ गर्ने काम भइरहेको छ । प्राधिकरणमा ऊर्जामन्त्री बोर्डमा अध्यक्ष रहने व्यवस्था भए पनि अहिलेसम्म मन्त्रीका लागि छुट्टै कार्यकक्ष निर्माण भएको थिएन ।

प्राधिकरण स्थापना भएको ३९ औं वर्षमा पहिलोपटक बोर्डका अध्यक्षका लागि कार्यकक्ष निर्माण गरिएको हो । प्राधिकरणको बोर्ड बैठक कहिले मन्त्रालयमै त कहिले प्राधिकरणमा बस्ने गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोसीको मर्मत सम्भारमा गएका बेलामा कार्यकक्ष बनाउन लगाइएको हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal