Skip to content
Prabhu

एलआइसी नेपालको सेयर मूल्यमा पनि नकारात्मक सर्किट

nabil

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआइसी) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले गिरावट आएको हो ।

यो कम्पनीको सेयर मूल्य १६० ले घटेर १ हजार ४४० रुपैयाँ पुगेको छ । यस अघि सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य पनि नकारात्मक सर्किट लागेको थियो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि घटेको छ ।

यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक १२ दशमलव ४९ अंकले घटेर २७६३ दशमलव ३५ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ६ अर्ब ७९ करोड भन्दा माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal