काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर मूल्य आज दोहोरो अंकले नै घटेको हो ।
आज सेयर बजार कारोबार बन्द हुँदा करिब २५ अंकले घटेको हो । आज सेयर बजारमा २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १८ अंकले घटेर ४६९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य मात्रै बढेको छ भने १० उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३२ वटाको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको बजार आज ९ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद बिक्री हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्