काठमाडौं । सेयर बजारमा दोहोेरो अंकले घटेर बन्द हुँदा पनि चार हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेको दिन दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।
आज धेरै बढ्ने शीर्ष पाँच कम्पनीमा भने चार वटा हाइड्रोपावर कम्पनी छन् । आज खानीखोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट नै लागेको छ । आजको कारोबार बन्द हुँदा खानीखोलाको सेयर मूल्यमा ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपेयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै जोशी हाइड्रोपावरको सेयर मूल्यमा पनि ९.९८ प्रतिशत अर्थात् ४१ रुपैयाँले बढेर ४५१ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा ९८ रुपैयाँले वृद्धि भएर १ हजार ८८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९० प्रतिशतले धेरै हो । त्यस्तै इङ्वा हाइड्रोपावरको सेयर मूल्यमा पनि आज ६३ रुपैयाँ ८० पैसाले बढेर ७२० रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.७२ प्रतिशतले धेरै हो ।
आज धेरै मूल्य बढ्नेको पाँचौँ नम्बरमा रहेको कम्पनीमा हो स्वाभिमान लघुवित्त वित्तीय संस्था । यो कम्पनीको सेयर मूल्य ९.४१ प्रतिशत अर्थात् १९९ रुपैयाँ ४० पैसाले बढेर २ हजार ३१९ रुपैयाँ ४० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्