काठमाडौं । बुधबार सेयर बजारमा राताम्य भएर बन्द भयो । अघिकांश उपसूचक र कम्पनीको मूल्य घटेको दिन बजार २४ अंकभन्दा बढीले घटेर बन्द भएको हो ।
नेप्से राताम्य भएको दिन दुई कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज सपोर्ट माइक्रो फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसन् (नेपाल) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।
यी दुई कम्पनीको सेयर मूल्यमा आज १० प्रतिशतको गिरावट आएको छ । आज सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा ३४५ रुपैयाँ ६० पैसाले गिरावट आएर ३ हजार ११० रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै एलआइसी नेपालको सेयर मूल्य १६० रुपैयाँले घटेर १ हजार ४४० रुपैयाँ पुगेको छ ।
त्यस्तै आज विशाल बजार कम्पनीको सेयर मूल्य पनि ९.१७ प्रतिशत अर्थात् ६४३ रुपैयाँले घटेर ६ हजार ३७२ रुपैयाँ पुगेको छ । यो कम्पनीको सेयर मूल्यमा अघिल्ला केही दिनदेखि लगातार १० प्रतिशतले मूल्य बढी रहेको थियो । आज एनआइसी एशिया डिबेन्चर २०८५/८६ को सेयर मूल्य पनि ७५ रुपैयाँले घटेर १ हजार १०० रुपैयाँ पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ६.३८ प्रतिशतले कम हो । त्यस्तै आज एनआइविएल स्टेबल फण्डको सेयर मूल्य पनि ५.०९ प्रतिशत अर्थात् ०.४८ रुपैयाँले घटेर ८ रुपैयाँ ९५ पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्