काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक करिब १६ अंकले घटेको छ । बिहीबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक १५ दशमलव ९३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७३४ दशमलव ९३ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा २०१ कम्पनीको सेयर मूल्य घटेयो भने ४० वटाको मात्रै बढेको छ । त्यस्तै ३ वटाको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ०२ अंकले घटेर ४६४ दशमलव ०१ विन्दुमा पुगेको छ । त्यस्तै आज सेयर बजारमा १३ उपसूचकमध्ये २ वटाको सेयर मूल्य बढेको छ । त्यस्तै ११ वटाको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा केही बढीको कारोबार भएको छ । आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयर ८७ हजार ४७६ पटक खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड ९६ लाख ८७ हजार ४०२ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्