Skip to content

माथिल्लो मैलुङ खोलाले बोलायो साधारणसभा

nabil bank

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो ।

सभाका लागि कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन । सभाले अन्य उपयुक्त कम्पनीसँग मर्जरका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुस ११ गतेसम्म कायम सेयरधनी कम्पनीको सभामा भाग लिन योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime