काठमाडौं । हुन्डाई मोटर ग्रुपले तीनवटा इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटीज) सँग मिलेर ब्याट्री र इलेक्ट्रिफिकेसनको क्षेत्रमा संयुक्त अनुसन्धानका लागि सहकार्य गर्ने घोषणा गरेको छ । आईआईटी दिल्ली, आईआईटी बम्बे र आईआईटी मद्रास गरी तीन इन्स्टिच्युट यसमा संलग्न हुनेछन् ।
आईआईटी दिल्लीमा हुन्डाई मोटर ग्रुपको प्रायोजनमा हुन्डाई सेन्टर अफ एक्सिलेन्स (सीओई) स्थापना गरिने छ । हुन्डाई सेन्टर अफ एक्सिलेन्सले ब्याट्री र इलेक्ट्रिफिकेसनमार्फत गरिने ड्राइभिङ एड्भान्समेन्टका लागि आवश्यक नेतृत्व गर्ने छ, जसले विशेष गरी भारतीय बजारलाई लक्ष्यित गर्नेछ ।
आईआईटी दिल्लीमा भएको एक समारोहमा हुन्डाई मोटर ग्रुप र आईआईटीका प्रतिनिधिहरुले एक सहमति पत्रमा हस्ताक्षर गरे । यस अनुसार उनीहरुले ‘हुन्डाई मोटर ग्रुप–आईआईटी हुन्डाई सीओई’ को स्थापना गर्ने छन् ।
हुन्डाई मोटर ग्रुपले आगामी दिनमा सफ्टवेयर र हाइड्रोजन फ्युल सेलको क्षेत्रमा समेत कार्य गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्