Skip to content
Prabhu

७ करोड पर्ने बी एम डब्ल्यू एक्स ७ एक हप्ताभित्र बिक्री

nabil

काठमाडौं । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी बी एम डब्ल्यू एक्स ७ एक्स ड्र्राइभ ४ ओइ ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।

कम्पनीका अनुसार, यो मोडल गत कात्तिक २९ गतेदेखि नेपालमा आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबुती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीले जनाए अनुसार बीएमडब्ल्यू एक्स ७ एक्स ड्र्राइभ ४ओइ को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal