काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज खरिदमा राजनीतिक दलका नेताले सफाइ पाएका छन् भने खरिद प्रक्रियामा संलग्न कर्मचारी दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले नेपाल वायुसेवा निगमका अध्यक्ष एवं पर्यटन सचिव शंकर अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार र सहसचिवहरू बुद्धिसागर लामिछाने र शिशिर ढुंगानालाईलाई दोषी ठहर गरेको हो ।
वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा भष्ट्रचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैतमा मुद्दा दायर गरेको थियो ।
वाइडबडी जहाज खरिदको मुद्दामा तत्कालिन पर्यटनमन्त्री जिवनबहादुर शाहीले भने सफाइ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्