Skip to content

प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किएपछि जारी गरे १४ बुँदे प्रेस नोट

nabil bank

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार दिने औपचारिक भ्रमण गरेर बिहीबार नेपाल फर्किएपछि १४ बुँदे प्रेस नोट जारी गरेका छन्। प्रधानमन्त्री ओली सोमबार चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणमा चीन प्रस्थान गरेका थिए। स्वदेश फर्केसँगै प्रधानमन्त्री ओलीले १४ बुँदे प्रेस नोट जारी गर्दै चीन भ्रमणबारेमा जानकारी दिएका छन्।

१७ गते चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले बेइजिङमा राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए।भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका थिए।

प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै चीनसँग ऋण सम्झौता नभएको बताएका थिए।

यस्तो छ प्रधानमन्त्रीको १४ बुँदे प्रेस नोट

१. मित्र राष्ट्र जनवादी गणतन्त्र चीनका प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी मैले २०८१ मंसिर १७ देखि २० सम्म चीनको ४ दिने‍ औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएको छु।

२. मेरो यस भ्रमण र प्राप्त उपलब्धिहरूका सम्बन्धमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास, बेइजिङबाट जारी भएका प्रेस विज्ञप्ति एवम् भ्रमण टोलीमा रहनुभएका सञ्चारकर्मी मित्रहरूबाट सम्प्रेषण भएका समाचारहरूबाट यहाँहरूले जानकारी प्राप्त गर्नुभएकै छ।

३. यस भ्रमणका क्रममा मैले चीनका महामहिम राष्ट्रपति सी चिनफिङसँग भेट गरी दुई पक्षीय हितका विविध विषयहरूमा छलफल गरेँ। मैले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डल र चीनका प्रधानमन्त्री महामहिम लि छियाङले नेतृत्व गर्नुभएको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता सम्पन्न भयो। उक्त वार्ताका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयामहरूमा घनीभूत र हार्दिकतापूर्ण छलफल भयो। त्यसैगरी, चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लुचीसँग पनि मेरो भेटघाट तथा छलफल भयो।

४. बुद्धिजीवी, प्राध्यापक, विद्यार्थी तथा प्रबुद्ध वर्गहरूको उपस्थितिमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा आयोजना गरिएको एक प्राज्ञिक कार्यक्रममा मैले प्रमुख वक्ताका रूपमा सम्बोधन गरेँ। ९उक्त सम्बोधन परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।०

५. नेपाली राजदूतावास, बेइजिङ, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद् र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल(चीन बिजनेस फोरमलाई पनि मैले सम्बोधन गरेँ। उक्त अवसरमा नेपालको पर्यटकीय आकर्षण र लगानीको सम्भावनाको चर्चा गर्दै चिनियाँ जनतालाई नेपाल भ्रमण गर्न र नेपालमा लगानी गर्न आह्वान गरेको छु।

६. बेइजिङस्थित नेपाली राजदूतावासले म र मेरो प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ। सो अवसरमा चीनमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र चिनियाँ मित्रहरूसँग मेरो संवाद भयो।

७. भ्रमणका अवसरमा नेपाल र चीनबीच निम्नानुसार सम्झौतारसमझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क
टोखा–छहरे सुरूङमार्ग सम्बन्धी पत्र आदान(प्रदान
नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र
नौतले बसन्तपुर दरबार पुनःर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान
थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यातसम्बन्धी प्रोटोकल
विकास योजनासम्बन्धि समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी पत्र
नगद सहयोगसम्बन्धी पत्र आदान(प्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धि समझदारी पत्र
नेपाल टेलिभिजन र चिनियाँ सञ्चार समूहबीच सञ्‍चार प्रविधिसम्बन्धि समझदारी पत्र
यी सम्झौतारसमझदारी पत्रले नेपाल र चीनबीचको आर्थिक सहयोग र विकास साझेदारीलाई थप गति प्रदान गर्ने विश्वास लिएको छु।

८. चीन सरकारका तर्फबाट वि।सं। २०७२ देखि हालसम्म घोषणा गरिएको अनुदान रकम र नगद सहयोग अमेरिकी डलर २० मिलियन (करिब २ अर्ब ७० करोड रुपैयाँ) का अतिरिक्त राष्ट्रपति सि चिनफिङद्वारा थप अनुदान चिनियाँ यूआन ५०० मिलियन (करिब ९ अर्ब ३४ करोड रुपैयाँ) घोषणा भएको छ।

९. भ्रमणका क्रममा भएका सहमतिलाई समेटी नेपाल र चीनबीच संयुक्त विज्ञप्ति जारी गरिएको छ। उक्त विज्ञप्तिमा दुई देशबीच विगतमा भएका सहमति, समझदारी तथा निर्णयहरूको कार्यान्वयनको समिक्षा गर्नुका साथै नेपाल(चीन सम्बन्धलाई थप उचाइमा लैजाने भावी कार्यदिशा समावेश गरिएको छ। (उक्त संयुक्त विज्ञप्ति परराष्ट्र मन्त्रालयको वेबसाइटमा राखिएको छ।)

१०. यस पटक हामीले द्विपक्षीय सहयोगका लागि सम्पर्क सञ्जाल, पूर्वाधार निर्माण, कृषि, ऊर्जा, वाणिज्यलगायत क्षेत्रका केही महत्त्वपूर्ण विकास परियोजनाहरू अघि सारेका छौँ। यसमा आपसी सहयोग तथा सहकार्य अभिवृद्धि हुँदै जाने अपेक्षा लिएको छु।

११. मेरो भ्रमण दलमा माननीय परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा, मेरा मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, संघीय संसदका माननीय सदस्यहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मी मित्रहरू सहभागी हुनुभएको थियो।

१२. यस भ्रमणका क्रममा जनवादी गणतन्त्र चीन सरकारका तर्फबाट म तथा मेरो प्रतिनिधिमण्डललाई प्रदान गरिएको न्यानो आतिथ्यका लागि चीनका महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री तथा उच्च नेतृत्व र चिनियाँ जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु।

१३. यस भ्रमणका विषयमा तपाईंहरूले निरन्तर समाचार सम्प्रेषण गरेर आमजनतालाई सुसूचित गर्न पुर्याउनुभएको योगदानका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु।

१४. मेरो भ्रमणलाई सफल र सार्थक बनाउन योगदान पुर्याउने सबैमा हार्दिक आभार व्यक्त गर्दछु।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime