एजेन्सी । एयरबसले बेलायतमा करिब पाँच सय जागिर कटौती गर्ने भएको छ । खर्च कटौतीका लागि कम्पनीले बेलायतमा मात्रै ४७७ रोजगारी कटौती गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीले सन् २०२६ को मध्यसम्ममा विश्वभरबाट पाँच प्रतिशत अर्थात् २ हजार जागिर कटौती गर्ने निर्णय समेत गरेको छ । कम्पनीले सबै तहबाट जागिर कटौती गर्ने निर्णय गरेको हो ।
कम्पनीले स्पेस आर्म विभागबाट कुल एक हजार १२८ वटा जागिर कटौती गर्ने बताएको छ र साथै आगामी दिनमा केन्द्रीय कार्यालयबाट ६१८ जनाको जागिर कटौती गर्ने समेत निर्णय गरिसकेको छ । साथै पावर विभागबाट २५० र बौद्धिक विभागबाट ४७ जनाको जागिर कम गर्ने समेत निर्णय गरेको छ ।
कम्पनीले जर्मनीमा ६८९, फ्रान्समा ५४०, बेलायतमा ४७७, स्पेनमा ३०३ र बाँकी क्षेत्रबाट ३४ जनाको रोजगारी कटौती गर्ने योजना बनाएको छ ।
कम्पनीले नाफामा २२ प्रतिशत अर्थात् १.८ अर्ब पाउण्ड स्ट्रलिङले घटेपछि जब कटौती गर्ने निर्णय गरेको जनाएको छ । यद्यपि कम्पनीको बिक्री भने सात प्रतिशत अथाएत् ४४.५ अर्ब पाउण्ड स्ट्रलिङले बढेको छ । कम्पनीले सन् २०२० मा विश्वभरबाट १५ हजार जागिर कटौती गर्ने र बेलायतमा मात्रै १७ सय जागिर कटौती गर्ने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्