Skip to content
Prabhu

पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रपुरमा २ करोड ७२ लाखमा ‘चार्जिङ स्टेसन’ निर्माण

nabil

रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर–५ मा मधेस प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘इनोभेटिभ पार्टनरसीप फण्ड’ र चन्द्रपुर नगरपालिकाको सहयोगमा २ करोड ७२ लाख रुपैयाँ लागतमा विद्युतीय सवारीसाधन चार्जिङ स्टेसन निर्माण भएको छ ।

स्टेसनको नेपाली कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादव र चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जयकुमार काफ्लेले बिहीबार संयुक्त रूपमा उद्घाटन गरे ।

स्टेशनमा एकपटकमा चारवटा चारपाङ्ग्रे, तीन पाङ्ग्रे ११ वटा गरी १५ वटा सवारी साधन चार्ज गर्न सकिने छ । स्टेशनमा प्रतीक्षालय, बालबालिकाका लागि खेल्ने स्थान, शौचालयलगायत पूर्वाधारको व्यवस्था पनि गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal