Skip to content
Prabhu

वीरगञ्ज भन्सारबाट लक्ष्यअनुसार राजस्व उठेन

nabil

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ४ महिनामा ४९ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयलाई यो अवधिमा ७० अर्ब ४४ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य भन्सार विभागले निर्धारण गरेको थियो ।

प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार असोज र कात्तिकमा धेरै सार्वजनिक बिदा भएकाले लक्ष्य प्राप्त गर्न कठिन भएको हो । यो कार्यालयमा ७० प्रतिशत राजस्व पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र सवारीसाधन आयातबाट प्राप्त हुने गरेको छ।

कार्यालयले गत साउनमा १२ अर्ब १६ करोड रुपैयाँ , भदौमा १३ अर्ब २३ करोड रुपैयाँ, असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ कात्तिकमा ११ अर्ब चार करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आवको सोही अवधिमा ४९ अर्ब १८ करोड ३२ लाख ४३ संकलन भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal