काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्य समेत थपेर आईपीओ निष्कासन गर्ने भएको छ । यसका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १७५ रुपैयाँ ११ पैसा थपेर प्रतिकित्ता १७५ रुपैयाँ ११ पैसाका दरले ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले उक्त मूल्यमा ८ करोड २५ लाख ३३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा मङ्सिर १४ गते निवेदन दिएको हो ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणमा उल्लिखित मूल्यमा आईपीओ जारी गर्ने कम्पनीले बताएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबिएस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्