Skip to content
Prabhu

लगानीकर्तामैत्री नहुनेहरूलाई माफी हुँदैनः धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठ

nabil

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले लगानीकर्ता मैत्री नहुनेहरुलाई माफी नहुने भन्दै कडा चेतावनी दिएका छन् । बिहीबार स्टक ब्रोकर एसोसिएसनको वार्षिक साधारणसमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले म्यानुपुलेशन, कर्नरिंग, इनसाइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङजस्ता गलत क्रियाकलाप गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘सेयर बजारका सबै सरोकारवालाहरूले लगानीकर्तामैत्री भूमिका निर्वाह गर्नुपर्छ, गलत क्रियाकलापलाई कुनै हालतमा सहन सकिँदैन,’ उनले भने, ‘हामी सबैको साझा उद्देश्य सेयर बजारलाई लगानीकर्तामैत्री बनाउने हो । यसमा कसैले पनि गल्ती गर्छ भने माफ गर्न सकिन्न ।’

उनले स्टक ब्रोकरहरूलाई लगानीकर्ताको सेयर किनबेचबाट हुने रकम समयमा नै राफसाफ गर्न निर्देशनसमेत दिए । यसै क्रममा उनले लगानीकर्ताका हकअधिकार सुनिश्चित गर्न बजारमा देखिएका विकृतिहरू हटाउन दृढ रहेको जनाए ।

पछिल्लो समय नेपालको सेयर बजारमा म्यानुपुलेशन, कर्नरिंग, र सर्कुलर ट्रेडिङ खुलेआम भइरहेको आरोप लागेको छ । केही स्टक ब्रोकर, सञ्चार माध्यम, र कथित विज्ञहरूको मिलेमतोमा बजारलाई आफ्नो अनुकूल चलाउने प्रयास भइरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal