Skip to content

यूएन एसिया प्यासिफिक डब्ल्यूईपीएसअन्तर्गतको पुरस्कारबाट एनएमबी बैंक सम्मानित

nabil bank

काठमाडौं । एनएमबी बैंकले संयुक्त राष्ट्रसंघ (यूएन)को २०२४ वुमेन एसिया–प्यासिफिक डब्ल्यूईपीएसअन्तर्गत लैंगिक समावेशी कार्यस्थल विधामा अवार्ड पाएको छ । यो पुरस्कारले लैंगिक समानता र सामाजिक समावेशीकरण प्रबर्द्धन गर्न एनएमबी बैंकका पहलको सम्मान गरेको बैंकले जनाएको छ ।

यूएन वुमेन एसिया र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल, बजार र समुदायमा महिला सशक्तीकरण गर्दै लैंगिक समानता प्रबर्द्धनका निम्ति विश्वव्यापी मापदण्ड निर्धारण गरेको छ । एनएमबी बैंकले ती विश्वव्यापी मापदण्ड कार्यान्वयन गर्न बैंकका तर्फबाट सक्दो प्रयास गरिएको जनाएको छ ।

यो अवार्डले विश्वबजारमा डब्ल्यूईपीएसअन्तर्गतको यूएन वुमेनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाका रूपमा उभ्याएको बैंकको भनाइ छ । एसिया–प्यासिफिक देशका ६ सयभन्दा बढी आवेदक संस्थामध्येबाट यो अवार्ड एनएमबी बैंकले पाएको हो । अवार्डले निरन्तर रूपमा समावेशी र दिगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime