Skip to content
Prabhu

नोभेम्बरमा अमेरिकामा थपिए सवा दुई लाख रोजगारी

nabil
एजेन्सी । अमेरिकामा गत नोभेम्बर महिनामा ठूलो मात्रामा रोजगारी वृद्धि भएको जनाइएको छ । त्यहाँको श्रम विभागको प्रतिवेदनअनुसार स्वास्थ्य सेवा फर्म, रेस्टुरेन्ट र बारहरुमा २ लाख २७ हजार थप रोजगारी सृजना भएको हो ।
अक्टोबर महिनादेखि रोजगार सृजना सुरु भएको बताइएको छ । यसअघि ठूला आँधीबेहरी र श्रमिक हड्तालको कारण रोजगारी वृद्धिमा तीव्र गिरावट आएको थियो । विश्लेषकहरू आगामी महिनाहरूमा अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कति कटौती गर्नेछ भन्ने आकलनका बीच उक्त तथ्यांक सार्वजनिक भएको हो ।
सेप्टेम्बरमा फेडरल रिजर्भले ब्याजदर घटाउन सुरु गरेको थियो । त्यसको एक महिनापछि रोजगारी वृद्धि देखिएको हो । ठूला भनिएका बोइङलगायतका कम्पनीहरूमा भएको हड्ताल र आँधीले लाखौं श्रमिकहरूलाई कामबिहीन बनाएको थियो ।
हाल अमेरिकामा बेरोजगारी दर ४.१ प्रतिशतबाट ४.२ प्रतिशत पुगेको थियो । जुन अगस्टपछि सबैभन्दा उच्च स्तर हो । साथै पछिल्लो १२ महिनामा औसत घण्टाको तलब पनि ४ प्रतिशतले बढेको जनाइएको छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal