Skip to content
Prabhu

‘गोल्डस्टार’ जुत्ताले भारतमा पायो बीआइएस सर्टिफिकेट, निर्यात पुनः शुरु हुने

काठमाडौं । नेपाली जुत्ता उत्पादक ‘गोल्डस्टार’को भारमा भएको निर्यातको अवरोध हट्ने भएको छ । गोल्डस्टारले भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड (बीआइएस) पाएको छ ।

बीआइएस पाएसँगै गोल्डस्टारको तीन महिनाभन्दा बढी समयदेखि रोकिएको भारतको निर्यात खुल्ने अपेक्षा गरिएको छ ।

global
अर्घाखाँची सिमेन्ट

पछिल्लो भारतले नेपालबाट निर्यात हुने मुख्य बस्तुहरुमा विभिन्न खाले अवरोध गर्दैै आएको छ । जसको कारण गोल्डस्टारदेखि लिएर सिमेन्टसम्मको निर्यातमा अवरोध भएको थियो ।

गोल्डस्टारको उत्पादन बोकेको ट्रक सिमा नाकामा अलपत्र थियो ।

केही दिन अगाडि भारतबाट गोल्डस्टारले बीआइएस सर्टिफिकेट पाएको हो । यसलाई सहजिकरण गराउन लागिरहेको स्रोतले केही दिनभित्रमा अवरोध भएका सिमेन्ट लगायतका बस्तुको निर्यात समेत सहज हुने जानकारी दियो ।

भारतमा निर्यात गर्नको लागि बीएसआई सर्टिफिकेट अनिवार्य भएको र त्यसको म्याद सकिएपछि अर्को सटिफिकेट नआउदासम्म निर्यात रोकिने गर्छ । नेपाल भारतबीच सम्बन्ध सहज नभएमा पनि भारतीय पक्षले विभिन्न बहानामा नेपालबाट निर्यात हुने बस्तुलाई अवरोध गर्दै आएको छ ।

मूल्यमा सस्तो तथा बलियो र किफायती भएको कारण भारतमा नेपालको गोल्डस्टार निकै लोकप्रिय छ । गत आर्थिक वर्षमा नेपालबाट भारतमा १ अर्ब २७ करोड बराबरको जुत्ता चप्पल भारतमा निर्यात भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal