Skip to content
Prabhu

गण्डकी प्रदेशममा कृषि बीमा बापतको २३ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । गण्डकी प्रदेशमा कृषि बीमा बापत २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले २३ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

प्राधिकरणका अनुसार उक्त अवधिमा १६ हजार ६६१ बीमालेख जारी गरिएका थिए । यी बीमालेखबाट २१ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको थियो । ३०५ बाली बीमाबाट १ करोड ३५ लाख र १६ हजार ३५७ पशुपन्छी बीमाबाट २१ करोड १३ लाख बीमा शुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बाली बीमामा ४८ दाबीमार्फत १ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरिएको छ भने पशुपन्छी बीमामा ४ हजार २८७ दाबीबाट २१ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको जानकारी दिइएको छ । लघु बीमाले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । ६ हजार ८० लघु जीवन बीमालेखबाट संकलित १ करोड ३५ लाख रुपैयाँ बीमा शुल्कमध्ये ५ दाबी भुक्तानीमार्फत ४ लाख ३५ हजार रुपैयाँ प्रदान गरिएको छ । यस्तै, ५ हजार ७७७ बीमालेखबाट संकलित १ करोड २३ लाख रुपैयाँ बीमाशुल्क मध्ये ६ दाबीबाट २ लाख १२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

जीवन बीमामा ५ लाख ३३ हजार ८५१ बीमालेखबाट १५ अर्ब ८ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ । यसमार्फत ११ हजार ९९९ दाबीबाट २ अर्ब ५० करोड ९३ लाख रुपैयाँ भुक्तानी गरिएको छ । निर्जीवन बीमातर्फ २ लाख ९६ हजार ७९८ बीमालेखबाट २ अर्ब १८ करोड ७५ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसबाट १० हजार ४५१ दाबी भुक्तानीबाट ९३ करोड ६३ लाख रुपैयाँ दाबी भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्