काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ । गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्यांकनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको प्रतिनिधि सम्पर्कमा नआएकाले दाबी प्रक्रिया रोकिएको कम्पनीले जनाएको छ ।
कम्पनीले ३५ दिनभित्र आवश्यक सम्पूर्ण कागजात सहित कम्पनीको केन्द्रीय दाबी विभाग, प्रादेशिक कार्यालय, शाखा कार्यालय र कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई कागजात उपलब्ध गराई दाबी भुक्तानी लिन समेत आग्रह गरेको छ । समयमै कागजात पेश गरी दाबी नलिएको खण्डमा सम्बन्धित व्यक्तिको दाबीको फाइल बन्द गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्