काठमाडौं । साताको पहिलो दिनको कारोबार जारी रहँदा मानुषी लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा नकारात्मक सर्किट लाग्ने यो दोस्रो कम्पनी हो ।
यस अघि लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा मानुषी लघुवित्तको सेयर मूल्य २५० रुपैयाँले घटेर २ हजार २५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट वा वृद्धि भएको खण्डमा सर्किट लगाएर कारोबार रोकिन्छ ।
यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक पनि १.३७ प्रतिशतले घटेको छ । आजको कारोबार जारी रहँदा नेप्से परिसूचक ३७ दशमलव ६४ अंकले घटेर २६९७ दशमलव २९ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्