बाढी आएपछि बीमा कम्पनीले अहिले बीमाको दाबी भुक्तानी गरेका छन् । हाम्रो कम्पनीमा ४ सय ३८ वटा क्लेम परेको छ । त्यसमध्ये पनि कतिको सानो तिनो लस छ । हाम्रो कर्मचारी पनि फ्रेन्डली छन् । त्यसले गर्दा पनि हामीलाई काम गर्नका लागि सहज भएको हो । हामीले जतिसक्दो छिटोछरितो रूपमा दाबीको भुक्तानी गर्ने गरी काम अघि बढाएको अवस्था हो । जसले गर्दा हामीहरू बाढी पहिरोको दाबी भुक्तानी गर्ने सवालामा अरु कम्पनीभन्दा अघि रहेका छौं । यसले हामीप्रतिको विश्वास पनि बढेको छ । अहिलेसम्म हामीहरू नै दाबी भुक्तानी गर्ने कम्पनीहरूमा सबैभन्दा अघि रहेका छौं ।
हामीहरूले आफ्ना सर्भेयरलार्ई पनि काम छिटोछरितो गर्नका लागि गाइड गरेर काम गर्नका लागि भनिरहेका छौं । यो कारणले पनि भुक्तानीको काममा छिटो भएको हो । पुरानै तरिकाबाट सबै डकुमेन्ट माग्न थालियो भने भुक्तानीको कामका लागि निकै समय लाग्ने हुन्छ । केहीको हकमा भने अलिकति समय लाग्ने पनि हुन्छ। जस्तो ठूला–ठूला स्टक रहेकाहरूको भेरिफाइ गर्नका लागि समय लाग्ने कारण केही बढी समय लाग्छ ।
बीमा गरिएको घरको रङ मात्रै गएको छ वा फर्निचरमा मात्रै क्षति भएको छ भने त्यो काम छिटोछरितो हुन्छ । रङ लगाउने कुरा सर्भेयरले नै कति लाग्छ भनेर हिसाव गरेर निकाल्न सक्ने कुरा भयो । त्यसका लागि लामो प्रक्रिया लाग्दैन । तर, त्यसका लागि पनि झन्झटिलो प्रक्रिया बनाइयो भने बीमा प्रतिको विश्वास कम हुन जान्छ । हामीले जतिसक्दो छिटो र सहज रूपमा भुक्तानी दिने वातावरण निर्माण गर्नुपर्ने हुन्छ ।
अर्कोतर्फ हामीले क्षति भएको भनेर आउनेहरूलाई एडभान्स पनि दिएका छौं । यसले पनि हामी प्रतिको विश्वास थप मजबुद बन्नमा सहयोग पुगेको छ । हामीले हाम्रा बिमितहरूलाई हालसम्म एडभान्स मात्रै १३० वटाको दिइएको अवस्था छ । हामीले क्लेमको २२९ वटा दाबीको सबै भुक्तानी गरिसकेका छौं । हामीले हालसम्म बाढीपहिरो दाबीको ६ करोड ७५ लाख बराबरको भुक्तानी भइसकेका छौं । ४१ वटा साना समस्याहरू थिए । जुनमा धेरै ठूलो क्षति नै भएको थिएन् ।
त्यसमा सामान्य मोटरसाइलको धोइपखाली गरेर पनि हामीले दिएका छौं । यसरी हामीले २ सय ७० वटा दाबीहरूको क्लोज नै गरिसकेको अवस्था छ । दाबी भुक्तानीको अवस्था हेर्दा इलेक्ट्रोनिक सवारी (ईभी) को सबैभन्दा डरलाग्दो अवस्था रहेको छ । कसैले आधा घण्टा भन्छ कसैले ३ घण्टा भन्छ । त्यो सव मर्ज भएपछि फेरि प्रयोग होला जस्तो मलाइ लाग्दैन । ब्याट्री कम्पोनेट ४०/४५ प्रतिशत भनिएको छ । ब्याट्रिपछि अर्को कम्पोनेन्ट भनेको पावर हो । त्यसमा ट्याक्टर, मोटर, ट्रान्समिसन हुन्छ । त्यसको मर्मतका लागि कोटेसन मागियो भने ब्याट्रीको हकमा ४०/४५ प्रतिशत भने पनि त्यो आउँदा ६० प्रतिशत पुग्छ ।
हाम्रोमा ईभी गाडीको मात्रै १४/१५ वटा दाबी परेको छ । यसमा हामीले एडभान्स दिएको अवस्था छ । किन भने दसैंको मुखैमा समस्या परेका कारणले गर्दा यस्तो गरिएको हो । दसैंमा मानिसले नयाँ गाडी किन्ने चलन रहेको छ । पुरानो गाडीलाई मर्मत गर्नका लागि एडभान्स दिइयो भने त्यसले बिमितलाई राहात पुग्छ भन्ने हो। शिखर इन्स्योरेन्सबाट हामीले बीमितलाई ३५ प्रतिशतसम्म
एडभान्स दिएको अवस्था छ । सवारी साधानको कम्पोनेन्ट ड्यामेज भएको छ । त्यसलाई लगेर पखाल्दा बाहिर बाट हेर्दा नयाँ देखिन्छ । त्यो सवारी बाहिरबाट हेर्दा सोरुममा राख्न मिल्ने किसिमको देखिन्छ । तर, त्यो पूरै लस भइसकेको हुन्छ । त्यसका पाटपुर्जाहरू बिग्रेको अवस्था छ ।
इलेक्ट्रोनिक गाडीको अवस्था खतरनाक भए पनि हाम्रोमा बढी दाबी भने सम्पत्तिको परेको छ । सम्पत्तिको मात्रै हाम्रोमा २ सय १६ वटा दाबी परेका छन् । त्यस्तै प्राइभेट भेकलको क्षतिको १ सय ४ वटा दाबी परेका छन् । त्यस्तै सार्वजनिक सवारी साधानको क्षतिको ४६ वटा दाबी परेका छन् । मोटरसाइकल ३७ वटा र १९ वटा इन्जिनियरिङको र ३ वटा ट्रान्जिटको दाबी परेको छ ।
हाम्रोमा इन्डिभिजुअलमा भने स्टकको नै सबै भन्दा धेरै रहेको छ । एउटै स्टकको १०/१२ करोड रुपैयाँसम्मको दाबी परेको छ । यसमा तरकारी बजारको स्टक, कपडा, फलफूल, इलेक्टोनिक चिजहरूको रहेको छ । त्यस्तै गाडीहरूको पाटपुर्जाको स्टकमा भएको क्षतिको पनि दाबी परेको छ । स्टक भेरीफाइ गर्नका लागि सर्भेयरलाई लगाइएको अवस्था छ । यसका साथै चार्टर्ड एकाउन्टेन्टहरू पनि हामीले प्रयोग गरेर काम छिटोभन्दा छिटो गरिरहेका अवस्था छ । यस्ता केसमा चाहिँ हामीले अवस्था हेरेर एड्भान्सहरू पनि दिइरहेका छौँ । यसले पनि बीमितलाई सहयोग पुगेको हाम्रो विश्वास रहेको छ ।
अरूको दाबी भुक्तानी छिटो भए पनि स्टकको हकमा समय लाग्ने नै रहेछ । त्यो पनि सबै प्रक्रिया पूरा गरेर हामीले चाँडोभन्दा चाँडो सक्ने योजना बनाएका छौं । तर, मासिनमा पनि कतिलाई के द्विविधा हुँदोरहेछ भने एड्भान्स लिइयो त्यसैमा क्लोज गरिदेला भन्ने पनि हुँदो रहेछ । नेपालको सन्दर्भमा केहीमा बीमा कसरी गर्ने भन्ने विषयमा पनि जानकारी छैन ।
त्यहाँ सिकाउनुपर्ने आवश्यकता पनि छ । स्टकहरू बगाएकोमा कसरी गर्ने, पार्स लेयरमा जाने कि कसरी विश्लेषण गर्ने भन्ने सर्भेयरलाई पनि चुनौती नै रहेको छ । अलिकित गारो भनेको सर्भेयर पनि बिजी हो कि ? हाम्रोमा पो १० वाटा वा ५ वाटा नियम छ त्योअनुसार गरियो। धेरैले गर्दा कामको चाप पनि बढी भएको हो कि भन्ने छ । यदि यस्तो हो भने त्यो सर्भेयरबाट फिर्ता ल्याएर अर्कोलाई दिने भन्ने विषयमा पनि कुरा भइरहेको छ । त्यसैले हामीले चाँडोभन्दा चाँडो सबै काम सक्ने योजना बनाएका छौं ।
आजको दिनमा हामीसँग ५७ वटा दाबीको काम हुनै सकेको छैन । यसमा केही कागजी प्रक्रिया नपुगेको अवस्था पनि छ । यसमा हामीले एडभान्स पनि दिन सकेका छैनौं । अर्को कुरा केहीको त लोकेसन पनि परिवर्तन भएकाले पनि केही समस्या भएको छ । कम्पनीको नाम छ तर त्यो लोकेसन नै होइन । उसको अर्को लोकेसन हो कि त्यस्ता समस्यालाई कसरी समाधान गर्ने भन्ने विषयमा निर्णय गर्न बाँकी नै रहेको छ ।
गाडीका ढीलो हुने कारण भनेको रिपेयर सेन्टरले पनि कोटेसनहरू बिक्री गर्छन् । रिपेयर सेन्टरमा जाँदा उनीहरूले पनि अध्ययन गर्न सकिरहेको अवस्था छैन । यो कारणले पनि केही समय लागेको हो । धेरै क्षति भएका कारण यो समस्या आइरहेको छ । यसरी हेर्दा सबै क्लेमको भुक्तानी गर्नका लागि अझै पनि एक ढेड महिना लाग्ला जस्तो नै लाग्छ ।
अहिलेको बीमा दाबी भुक्तानी कम्पनीहरूले नै गरिरहेको अवस्था छ । जसले गर्दा कम्पनीहरू बढी जिम्मेवार बन्ने अवस्था भयो । कोभिडको भुक्तानीको कुरा गर्दा यो कम्पनीका कारणले भन्दा पनि राज्यका कारणले ढिला भइरहेको छ । राज्यले गर्दा ढिलो हुँदा पनि कम्पनीहरूले गर्दा नै ढीलो भयो भन्ने बजारमा हल्ला छ ।
तर, त्यस्तो हाइन ।
कोरोनाको बिमाको रकम राज्यले नदिएका कारण कम्पनीहरूले भुक्तानी गर्न नसकेका हुन् । अर्को कुरा कोभिड देशभर भएको र बाढीपहिरो केही क्षेत्रमा भएकाले पनि यसको सेटलमेन्ट गर्नका लागि केही सहज भएको हुन सक्छ । हामीले अहिलेसम्म १५ प्रतिशतको ग्रोथ गरिहरेको अवस्था छ। सन्तुष्टिसमेत मिलेको छ । यो बाढी पहिरोका कारणले हामीले परीक्षण गर्ने मौका पनि पायौँ ।
एउटा पुनः बीमकले तिर्छकी तिर्दैन भन्ने कुरा पनि थियो । तर, अहिले हामीले एडभान्स नै दिएर पठाइसकेको अवस्था छ । हामीले अहिलेसम्म करिब २८ करोड रुपैयाँ तिरिसकेका छौँ । यसमा पनि हाम्रो ३७ करोड रि इन्स्योरेन्सबाट एडभान्स नै आइसक्यो । यसले रि इन्स्योरेन्सलाई पनि परीक्षण गर्न पाइयो । नेपालको रि इन्स्योरेन्ससँग बाँकी रहेको छ ।
अहिले हामीले जुन रूपमा भुक्तानी गरिरहेका छौँ बीमितमा विश्वासको वातावरण निर्माण भएको छ । जसले बजारमा सकारात्मक सन्देश गइरहेको छ । शिखर राम्रो छ है भन्न ब्रान्डिङसमेत भएको छ । हाम्रो व्यवस्थापन बलियो रहेछ भन्ने पनि देखियो । हामीले १ अर्बको दाबी भुक्तानी गर्दा पनि हामीलाई ५ करोडभन्दा बढीको लस नहुने देखिएको छ । यो भनेको कम्पनी बलियो रहेछ भन्ने हो । यत्रो दाबी भुक्तानी गर्नुपर्दा कम्पनीलाई धेरै प्रभाव नपर्नु भनेको कम्पनी बलियो रहेछ भन्ने संकेत नै हो ।
अहिले गरिएको दाबी भुक्तानीले भोलिका दिनमा कम्पनी प्रतिको विश्वासलाई थप बलियो बनाउन मदत गर्छ। यो पटकको विपतीले गर्दा बीमा गर्नुपर्छ भन्ने सन्देश पनि विकास भएको अवस्था छ । हामीहरू क्षति पुगेको क्षेत्रमा नै गएर त्यसको अध्ययन गर्छौं । त्यस्तै हामीले आफ्ना कर्मचारीहरू पनि पठाउँछौं । त्यसबाट आएको फिड ब्याकलाई पनि हामीले मध्यनजर गरेर काम गरिरहेका हुन्छौँ । अहिले बजारमा बीमा गर्नुपर्ने रहेछ भन्ने सन्देश पुगेको छ ।
यो एक्स्पोजर रहेको छ र यसले रिक्स कभर पनि गर्छ । स्टक राख्न नहुने क्षेत्रको विषयमा पनि मानिसहरूमा जागरुपता देखिएको छ । सबै कम्पनीले तिरेको भए बजार अझ राम्रो हुन्थ्यो होला । तर, केही कम्पनीले मात्रै तिरेर पुग्दैन यो दुःखको कुरा हो । हाम्रा कम्पनीहरू सबैले सहज रूपमा दाबीको सेटलमेन्ट गर्नुपर्ने आवश्यकता देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्