काठमाडौं । सेयर बजारमा कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक राताम्य भएर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४५ दशमलव ९३ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक १.६७ प्रतिशतले घटेर २६८९ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार हुने दिन नेप्सेमा सूचीकृत भएका जम्मा २७ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापस सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ९६ अंकले घटेर ४५७ दशमलव ०४ विन्दुमा पुगेको छ । आज १३ उपसूचकको परिसूचकमध्ये सबै १३ वटैको सेयर मूल्यमा गिरावट आएको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार ८ अर्ब भन्दा माथिको कारोबार भएको बजारमा यो साता करिब ७ अर्ब बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयर ८१ हजार ४०४ पटक खरिद बिक्री हुँदा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९९९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने चार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्