काठमाडौं । आइतबार सेयर बजार राताम्य भएर बन्द हुँदा पनि एक कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । करिब ४६ अंकले बजार घटेको दिन खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा यो कम्पनीको ४२ रुपैयाँ ८० पैसाले बढेर ४७१ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ९.९८ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै बढ्ने कम्पनीमा दोल्ती पावर कम्पनी, कुमारी बैंक डिबेन्चर २०९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था र मोलुङ हाइड्रोपावर कम्पनी रहेका छन् । आजको कारोबार बन्द हुँदा दोल्ती पावरको सेयर मूल्य ८.७७ प्रतिशत अर्थात् ५३ रुपैयाँले बढेर ६५७ रुपैयाँ पुगेको छ ।
आइतबारको सेयर कारोबार बन्द हुँदा कुमारी डिबेन्चरको सेयर मूल्यमा पनि ८९ रुपैयाँ ५० पैसाले बढेर १ हजार १८९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ८.१४ प्रतिशतले धेरै हो । आज स्वाभिमान लघुवित्तको सेयर मूल्इ पनि १७४ रुपैयाँले बढेर २ हजार ३७९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ७.८९ प्रतिशतले बढी हो । मोलुङ हाइड्रोपावरको सेयर मूल्य पनि आज ३३ रुपैयाँले बढेर ५४१ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ६.५० प्रतिशतले बढी हो ।
प्रतिक्रिया दिनुहोस्