काठमाडौं । साताको पहिलो दिन नै सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार परिसूचक ४५ अंकभन्दा बढीले घटेको दिन चार कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आजको कारेबार बन्द हुँदा मानुषी लघुवित्तको सेयर मूल्यमा २५० रुपैयाँले गिरावट आएर २ हजार २५० रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो ।
त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् १५५ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३९९ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै आज जोशी हाइड्रोपावरको सेयर मूल्य पनि ४७ रुपैयाँ ५० पैसाले घटेर ४२७ रुपैयाँ ५० पैसा पुगेको छ । यो पनि अघिल्लो कारोबार दिनको भन्दा १० प्रतिशतले कम हो ।
आज सामुदायिक लघुवित्तको सेयर मूल्यमा पनि ९.९७ प्रतिशत अर्थात् १९० रुपैयाँले गिरावट आएर १ हजार ७१५ रुपैयाँ पुगेको छ । आज धेरै घट्ने कम्पनीको पाँचौ नम्बरमा रहेको कम्पनी हो दिब्यश्वरी हाइड्रोपावर । यो कम्पनीको सेयर मूल्य ७.०९ प्रतिशत अर्थात् २३ रुपैयाँ ९० पैसाले घटेर ३१३ रुपैयाँ १० पैसा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्