Skip to content

कार्यकाल सकिनु ५४ दिन अघिनै निलम्बनमा परे बीमा प्राधिकरणका अध्यक्ष सिलवाल, साढे ३६ लाख गैर कानुनी तलब लिएको आरोप

nabil bank

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका छन् । सिलवालका विरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन् ।

बीमा प्राधिकरण बिदा हुनै लाग्दा सिलवाल विरुद्ध मुद्दा दायर भएको हो । उनको कार्यकाल यहि माघ १९ गते सकिने थियो । तर अख्तियारले उनले उमेर ढाँटेर २०८० सलाको साउन १४ गते अवकासमा जानु पर्ने भए पनि फरक नागरिकता बनाएर समय लम्याएको आरोप लगाएको छ । अनिवार्य अवकासमा जानुपर्नेमा नगई ढाँटेर जबरजस्ती जागिर खाइ भ्रष्टाचार गरेको अख्तियारले आज विशेष अदालतमा दायर गरेको मुद्दामा उल्लेख छ । उनले फरक पारेको उमेरले पनि उनी माघ १९ गते अनिवार्य अवकासमा जाने थिए ।

अध्यक्ष सिलवाल आज मात्रै दक्षिण अफ्रिकामा सम्पन्न भएको बीमा पर्यवेक्षकहरूको अन्तर्राष्ट्रिय संघ (एआएआईएस) भाग लिएर आज मात्रै स्वदेश फर्किएका हुन् । यो सँगै प्राधिकरणको नेतृत्व खाली भएको छ । बीमा एने अनुसार बीमा प्राधिकरणको अध्यक्षको नियुक्ति कार्यकाल सकिनु भन्दा १ महिना गर्नु पर्ने व्यवस्था रहेको छ ।

सिलवालले आफ्नो कार्यकालमा प्राधिरणको कार्यकारी निर्देशक नियुक्ति देखि लिएर कोरोना बीमाको रकम समेत भुक्तानी गर्न सकेनन् । उनले लघु बीमाको लाइसेन्स दिदा पनि ठूलो बार्गेलिङ गरेको आरोप लागेको थियो । आयोगले आज विशेष अदालतमा दर्ता गरेको मुद्दामा सिलवालले ३६ लाख ६२ हजार १५४ रुपैयाँ तलव सुविधा गैर कानुनी रुपमा लिई भ्रष्टाचार गरेको आरोप छ । आयोगले आज विशेष अदालतमा मुद्दा दायर गर्दै अध्यक्ष सिलवालले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र दफा १६ बमोजिमको भ्रष्टाचार गरेकोले सम्पत्ति रोक्का तथा जफतसहित असुल उपर गर्न माग दावी गर्दै विशेष अदालत मुद्दा दर्ता गरेको छ ।

२०७७ साल माघ १९ गते बसेको मन्त्रिपरिषदको बैठकले उनलाई तत्कालिन बीमा समितिका अध्यक्षमा नियुक्त गरेको थियो । त्यस अनुसार उनको कार्यकाल यहि माघ १९ गते सकिने थियो । तर ६५ वर्ष उमेर हदका कारण सिलवालको पदावधी २०८० को साउन १४ गते अवकासमा जानु पर्ने थियो । तर उनले फरक फरक ठाउँमा फरक फरक जन्ममिति प्रयोग गरेर सेवामा बहाल रहेका थिए ।

उनको वास्तविक जन्म मिति २०१५ साल साउन १६ गते भएपछि पदीय दुरुपयोग गरी पटक पटक नागरिकता तथा सरकारी कागजात संशोधन गरेका थिए । अझै पनि पछिल्लो कागजातमा सूर्य प्रसाद सिलवालको नागरिकता र राहदानीमा दुई थरी जन्म मिति प्रयोग भएको थियो ।

उनको राहदानीमा २०१८ साल कात्तिक २४ जन्म मिति रहेको छ भने नागरिकतामा २०१६ साल कात्तिक २२ गते जन्म मिति भएको कागजात सिलवाल आफैसँग रहेको छ । विवादै विवादका बीचमा करिब डेढ वर्ष गुजारका अध्यक्ष सिलवालका विरुद्धमा मुद्दा दर्ताभएसँगै उनी नलिम्बित हुँदै बिदा भएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime