Skip to content

रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार देखायो : प्रचण्ड

nabil bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको टिप्पणी गरेका छन् ।

सोमबार प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको भन्दै त्यो रोक्न आग्रह गरेका हुन् ।

‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति माननीय रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ उनले लेखेका छन् ।

सहकारी ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा लामिछानेलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिँदै छ । गएको बुधबार चितवनबाट उनलाई रातारात पोखरा पुर्यार्एर मानवअधिकार उल्लंघन गरिएको भन्दै आलोचना भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime