काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ । सो बैंकको आइतबार बसेको सञ्चालक समितिको ३०२ औं बैठकले पुस १९ गते ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा सभा बस्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरी जम्मा ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने बैंकले जनाएको छ ।
सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ साल असार मसान्तको वित्तीय अवस्थाको विवरण, सोही मितिमा समाप्त आव २०८०/०८१ नाफा वा नोक्सान विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको बैंकले जनाएको छ ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ । सभा प्रयोजनका लागि पुस ३ गते सेयरधनी दर्ता किताब बन्द रहने बैंकले जनाएको छ । पुस २ गतेसम्म नेप्से कारोबारमा रहेका सेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउँने बैंकले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्