Skip to content

लिवर्टी माइक्रो लाइफले आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन

nabil bank

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । यससँगै आईपीओ निष्कासनको माग राख्दै बोर्डमा निवेदन दिने लघु बीमा कम्पनीको संख्या ६ पुगेको छ ।

यसअघि नै निवेदन दिइसकेका क्रेष्ट माइक्रो लाइफ, नेपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्स अझै स्वीकृतिको पर्खाइमै छन् भने गार्डियन माइक्रो लाइफले स्वीकृति पाएर पहिलो चरणको आईपीओ बिक्री गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime