काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव २५ अंकले घटेर बन्द भएको हो ।
आजको प्रि ओपन कारोबार पछि नेप्से परिसूचक २६७८ दशमलव ७४ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ४० अंकले घटेर ४५६ दशमलव ६४ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा १५ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । त्यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका ४ हजार ६४४ कित्ता सेयर ८७ पटक खरिद बिक्री हुँदा ४२ लाख १६ हजार ९ रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्