Skip to content
Prabhu

बङ्गलादेशको व्यापार घाटा ६ अर्ब ६६ करोड अमेरिकी डलरमा झरेको

ढाका ।बङ्गलादेशको व्यापार घाटा चालू आर्थिक वर्ष सन् २०२४–२५ को पहिलो चार महिना ९जुलाई सन् २०२४–जुन २०२५० मा वार्षिक रूपमा झण्डै १२ प्रतिशतले घटेर ६ अर्ब ६६ करोड अमेरिकी डलर पुगेको छ।

बङ्गलादेश केन्द्रीय बैंकको तथ्यांकले जुलाई–अक्टोबरको अवधिमा देशको आयात भुक्तानी एक प्रतिशतले बढेर २० अर्ब ९५ करोड अमेरिकी डलर रहेको देखाएको छ भने निर्यातबाट हुने आम्दानी सोही अवधिको तुलनामा ८ दशमलव ३ प्रतिशतले बढेर १४ अर्ब ३० करोड डलर रहेको छ ।

global
अर्घाखाँची सिमेन्ट

बंगलादेश बैंकको तथ्यांकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा (जुलाई २०२३–२०२४) निर्यात आम्दानी र आयात भुक्तानीबीचको अन्तर ७ अर्ब ५४ करोड डलर रहेको देखाएको छ ।

लाखौं बङ्गलादेशीहरू र विदेशमा काम गर्नेहरूको बलियो रेमिट्यान्सले व्यापारमा आएको गिरावटको प्रभावलाई कम गर्न मद्दत गरेको बंगलादेश बैंकका अधिकारीहरूले जनाएको छ ।

यस वर्षको जुलाई–अक्टोबर अवधिमा बङ्गलादेशको रेमिट्यान्स कुल करिब ९ अर्ब डलर पुगेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal