काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेर बन्द भयो । सेयर बजार राताम्य हुँदा पनि ९२ कम्पनीको सेयर मूल्य भने बढेको हो ।
बजार दोहोरो अंकले घट्दा पनि आज इमर्जिङ नेपाल लिमिटेड, महिला लघुवित्त, सिटिजन्स बैंक डिबेन्चर २०८६, एनआएन इन्फास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड र हिमालयन डिस्टिलरीका सेयरधनीहरुले धेरै कमाएका छन् । यी कम्पनीहरु बजारमा आज धेरै बढ्ने पाँच कम्पनी हुन ।
आज इमर्जिङ नेपालको सेयर मूल्य १०६ रुपैयाँले बढेर १ हजार ३१६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.७६ प्रतिशतले धेरै हो । त्यस्तै आज महिला लघुवित्तको सेयर मूल्य पनि ७.१४ प्रतिशत अर्थात् १६० रुपैयाँले बढेर २ हजार ४०० रुपैयाँ पुगेको छ ।
आजको कारोबार बन्द हुँदा सिटिजन्स डिबेन्चर २०८६ को सेयर मूल्य पनि ६४ रुपैयाँ ८० पैसाले बढेर १ हजार १२४ रुपैयाँ ८० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ६.११ प्रतिशतले बढी हो ।
त्यस्तै एनआरएन इन्फाइस्टक्चर डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य पनि ६.०३ प्रतिशत अर्थात् ६७ रुपैयाँ २० पैसाले बढेर १ हजार १८२ रुपैयाँ पुगेको छ । आज हिमालयन डिस्टिलरीको सेयर मूल्य पनि ७८ रुपैयाँले बढेर १ हजार ३८१ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.९९ प्रतिशतले धेरै हो ।
प्रतिक्रिया दिनुहोस्