काठमाडौं । सोमबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । बजार दोहोरो अंकले घटेको दिन १३८ कम्पनीको सेयर मूल्य घट्दा एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार बन्द हुँदा स्वाभिमान लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । यो कम्पनीको सेयर मूल्य २३७ रुपैयाँ ९० पैसाले घटेर २ हजार १४१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशत कम हो । त्यस्तै आज खानीखोला हाइड्रोपावरको सेयर मूल्य पनि ८.२१ प्रतिशत अर्थात् ३८ रुपैयाँ ७० पैसाले घटेर ४३२ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्यमा पनि १०१ रुपैयाँ ४० पैसाको गिरावट आएर १ हजार २९८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२५ प्रतिशतले कम हो।
सोमबारको कारोबार बन्द हुँदा सुपर माई हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ३.८७ प्रतिशत अर्थात् ४१ रुपैयाँले घटेर १ हजार १९ रुपैयाँ पुगेको छ । आज नेपाल फाइनान्सको सेयर मूल्यमा ४५ रुपैयाँ ४० पैसाले कमी आएर १ हजार १५० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.८० प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्