Skip to content

एडीबीद्वारा बंगलादेशको लागि थप १० करोड अमेरिकी डलर स्वीकृत

nabil bank

मनिला । एसियाली विकास बैंक (एडीबी)ले बंगलादेशका लागि सोमबार १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा सार्वजनिक–निजी साझेदारीमार्फत महत्वपूर्ण पूर्वाधार विकासलाई समर्थन गर्न उक्त ऋण स्वीकृति गरिएको हो ।

एडीबीले बंगलादेशले मुख्यतया सार्वजनिक क्षेत्रबाट सञ्चालित देशको पूर्वाधार विकासले सीमित स्रोत र कार्यान्वयन बाधाका कारण चुनौतीहरूको सामना गरिरहेको बताएको छ ।

बंगलादेशका लागि एडीबीका निर्देशक युन जियोङले भने, ‘यस परियोजनाले बङ्गलादेशलाई निजी क्षेत्रको वित्तपोषणलाई उत्प्रेरित गर्न, पूर्वाधार विकास घाटालाई सम्बोधन गर्न, सार्वजनिक वित्तमा दबाब कम गर्न र थप रोजगारी सिर्जना गर्न सक्षम बनाउनेछ ।’

यस ऋणले बंगलादेश इन्फ्रास्ट्रक्चर फाइनान्स फण्ड लिमिटेडको वित्तीय र संस्थागत क्षमतामा वृद्धि गर्नेछ। यसमा लैङ्गिक र जलवायु परिवर्तनमा विशेष ध्यान केन्द्रित गर्दै सार्वजनिक–निजी साझेदारीमार्फत दिगो निजी लगानीलाई समर्थन गर्ने वातावरण निर्माण गर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime